माघ ८, सोलुखुम्बु । तामाङ सगरमाथा आरोही संघ नेपाल (तामाङ एभरेष्ट समिटर एशोसिएसन नेपाल)ले ल्होछार पर्वको अवसरमा सांस्कृतिक तथा संस्थाको समुद्घाटन कार्यक्रम गर्ने भएको छ । संघकी अध्यक्ष शर्मिला स्याङतान (लामा)का अनुसार यही माघ ११ गते शुक्रबारका दिन दिउँसो ३ बजेदेखि साँझको ९ बजेसम्म बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा कार्यक्रम गर्न लागेको हो ।
यस संस्थाले आदिवासी समुदायका आरोहीहरुबीच सौहार्दता, मित्रता तथा एकता अभिवृद्धि गर्नुको साथै नेपालको आरोहण क्षेत्रलाई समृद्ध, व्यवस्थित तथा दिगो बनाउन भूमिका खेल्ने बताइन् । उनका अनुसार संस्थाले नेपालको पर्वतीय पर्यटनलाई समृद्ध, व्यवस्थित र दिगो बनाउन संस्थाको तर्फबाट आवश्यक पहल गर्ने, तामाङ समुदायका आरोहीहरुलाई हिमाल आरोहण तथा कार्यस्थलमा आइपरेका समस्या वा दुर्घटना तथा अन्य आकस्मिक परिस्थितिमा सहयोग गर्ने छ ।
साथै, हिमाल आरोहणका क्रममा दुर्घटनामा परी मृत्यु भएका आरोहीका आश्रृत परिवारका सदस्य तथा घाइते वा अन्य क्षति व्यहोरी आफ्नो पेशालाई निरन्तरता दिन असमर्थ आरोहीहरुलाई सहयोग गर्ने कार्य गर्ने छ । ‘ज्योमोगङ् झै अटल तामाङ पहिचान, सौहार्द र भव्य ल्होछार पर्वतारोहिहरुको अभियान’का साथ हालै मात्र गठन भएको उक्त संस्थाको अध्यक्षमा शर्मिलासहित ११ सदस्यीय रहेका छन् ।
Discussion about this post