माघ ८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ केरुङ स्वास्थ्य चौकीमा मुखको क्यानसर सम्बन्धी दुई दिने शिविर सम्पन्न भएको छ । मानव अधिकार शान्ति र विकास मन्च नेपालको आयोजनामा सञ्चालन गरिएको शिविर मंगलबार सम्पन्न भएको हो । सोमबार र मंगलबार केरुङ स्वास्थ्य चौकीमा भएको शिविरमा ७५ जनालाई सेवा दिइएको स्वास्थ्य चौकी प्रमुख राहुल कुमार मिश्रले जानकारी दिनुभयो । ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ र सो सम्बन्धी उपचार गरिएको उहाँको भनाई छ । स्वास्थ्यसम्बन्धी समस्या लुकाउने चलन समाजमा रहेको जनाउँदै त्यसबाट कहिलेकाँही धेरै ठुलो क्षति व्यहोर्नुपर्ने हुँदा आफ्नो स्वास्थ्य समस्या खुलेर बताउन महिलालाई प्रमुख मिश्रले आग्रह गर्नुभयो ।
Discussion about this post