माघ ८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्तालेमा व्यक्तिगत जंगलमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आएको छ । दिउँसो १ : ४५ बजेको समयमा पत्तालेका याम बहादुर मगरको पाखो बारीमा बुङ पोल्दै गर्दा नजिकै रहेको जगंलमा लागेको आगो प्रहरी तथा स्थानीयको सक्रियतामा साँझ ५ बजे नियन्त्रणमा आएको हो । आगलागी भएको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी केरुङबाट प्रहरी र स्थानीयबासीहरु घटना स्थल पुगेका थिए । आगलागीबाट २ रोपनी जगंलमा स साना रुखहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post