माघ ८, सोलुखुम्बु । नेपाल तामाङ सङ्घ जिल्ला कार्यसमिति सोलुखुम्बुको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । मंगलबार नेपाली कांग्रसको पार्टी कार्यालयमा अधिवेशन सम्पन्न भएको हो । दोस्रो जिल्ला अधिवेशनले नेपाल तामाङ सङ्घ जिल्ला कार्यसमिति सभापतिमा धर्म बहादुर तामाङलाई चयन गरेको छ । तामाङको सभापतित्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । उपसचिवमा पूर्णिमाया तामाङ सचिवमा छिरिङ तामाङ, सहसचिवमा छोकी माया तामाङ र कोषाध्यक्षमा विमला तामाङलाई चयन गरिएको छ । नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
Discussion about this post