माघ ८, सोलुखुम्बु । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे राहत सामाग्री लिएर पीडितको घर पुग्नु भएको छ । मंगलबार दिउँसो १२ बजेको समयमा जिल्लाको सोलु दुधकुण्ड नगरपालिका–७ जोरबौद्धस्थित पासाङ शेर्पाको घरको छानो हावा हुरीले पूर्ण रूपमा उडाएको पिडितको घरमो राहत लिएर पुग्नुभएको हो । शेर्पाको ढुङ्गा माटोले बनेको टिनको छानो भएको एक तले घरको छानो उडाएको छ । घटना पश्चात तत्काल प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे सहितको टोलीले पिडित परिवारलाई २ थान त्रिपाल र नगद १५ हजार राहत स्वरुप वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post