Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

‘भ्वाइस अफ नेपाल’ मा छानिएका प्रदीप साङ्गितिक यात्रा छाडेर विदेश पलायन भए

Radio Everest by Radio Everest
January 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ९, सोलुखुम्बु । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल भए। हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत यही माघ ५ गते शनिवार राति प्रसारण गरिएको ब्लाइण्ड अडिसनमा प्रदीपले गायक तथा सङ्गीतकार पदम राईको स्वरमा रहेको ‘यसो हेरे पूर्व तिर…’ बोलको गीत गाएका थिए। विगत १० वर्षदेखि साङ्गीतिक यात्रामा सक्रिय प्रदीपले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा दिएको प्रस्तुतिको भिडियो क्लिप्स सामाजिक सञ्जाल टिकटक, रिल तथा फेसबुक पेजहरुमा भाइरल बनेको छ।

पूर्वी पहाडी जिल्ला खोटाङको दुर्गम गाउँ खार्मीमा जन्मिएर साङ्गीतिक क्षेत्रमै भविष्य खोजिरहेका प्रदीप भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनबाट ब्याटल अडिसनका लागि छनोट भएपछि आफन्त तथा शुभचिन्तकले बधाई तथा शुभकामना दिइरहेका छन् । चारजना निर्यायक रहेको भ्वाइस अफ नेपालमा ब्याटल अडिसनका लागि छनोट भएका प्रदीपले प्रशिक्षक उदय सोताङलाई रोजे। आई वान्ट (म चाहन्छु) भनेर कुर्सी घुमाएका चर्चित गायिका मेलिना राई र गायक तथा सङ्गीतकार खेम सेन्चुरीलाई छाडेर गायक तथा सङ्गीतकार सोताङसँग जानेक्रममा अन्य प्रशिक्षकहरुले प्रदीपको स्वरको प्रशंसा गर्दै उज्वल भविष्यको लागि शुभकामना दिएका थिए।

घरपरिवार तथा विशेष गरी साहिला दाजु सुदीप राईको प्रेरणा र हौसलाले साङ्गीतिक यात्रामा लागेको बताउँदै प्रदीपले रियालिटी शो भ्वाइसको मञ्चबाटै आफूमाथि केही व्यक्तिले आफ्नो वास्तविक नामभन्दा पनि गाइने भनेर बोलाउने गरेको प्रति दुःखसमेत व्यक्त गरे। खिसीट्युरी गर्ने व्यक्तिहरुकै कारण आफू यहाँसम्म आइपुगेको पनि प्रदीपले अडिसनकै क्रममा बताए। किरात राई यायोख्खा केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘यलम्बर सङ्गीत प्रतियोगिता भाग–५’को सेकेन्ड रनरअप, खोटाङ कलाकार समाजद्वारा आयोजित पालिका प्रतिभा–२०८० मा प्रथम र जिल्ला प्रतियोगितामा दोस्रो उपाधि प्राप्त सकेका छन्। प्रदीपले भ्वाइस अफ नेपालले आयोजना गरेको छैटौँ संस्करणको ब्याटल अडिसन गुमाए छ। ब्लाइण्ड अडिसनमा बेजोड प्रस्तुति दिएका प्रदीप वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगे। अहिले दक्षिण कोरियाको छेजुदो प्रान्तमा मजदुरीको काम गरिरहेका प्रदीपले घरको कमजोर आर्थिक अवस्थाका कारण भ्वाइस अफ नेपालको छैटौँ संस्करणको उपाधि जित्ने चाहना र सम्भावना हुँदाहुँदै ब्याटल नै छाडेर विदेशिन बाध्य भएको बताए।

“जहाँ रहे पनि जसरी भए पनि गीत÷सङ्गीतसँगको यात्रा पक्कै जारी रहिरहनेछ, कुनै मोडमा इच्छा, चाहना, सपनाभन्दा परिस्थितिले दास बनाइ दिँदो रहेछ”, उनले भने, ब्लाइण्ड अडिसनमा आफू दिएको प्रस्तुतिको भिडियो क्लिप्स फेसबुकमा शेयर (साझा) गर्दै लेखेका छन्, “खैर सम्पूर्ण शुभचिन्तकप्रति माया र हौसलाका लागि आभारी छु, मेरो गीत÷सङ्गीतसँगको यात्रा जारी रहिरहनेछ।” साङ्गीतिक कक्षासँगै औपचारिक शिक्षाअन्तर्गत कक्षा १२ सम्मको अध्ययन पूरा गरेका प्रदीपलाई साङ्गीतिक क्षेत्रमै योगदान गर्न दाजु दीपेन्द्रले विदेशबाट पैसा पठाउने गरेको पनि बताए। केही वर्षअघि नै साङ्गीतिक क्षेत्रबाट अलग्गिने निर्णयमा पुगेको जानकारी दिँदै प्रदीपले पुनः गीत÷सङ्गीतमै फर्किन प्रशिक्षक मेलिनाको स्वरमा रहेको ‘तिमीले बाटो फेरेउ अरे…’ बोलको गीतले प्रोत्साहन गरेको बताए।

भ्वाइस अफ नेपालको ब्याटल तथा अडिसनका प्रतिस्पर्धीलाई विदेशबाटै भए पनि अडिसन दिने वातारण आयोजकले मिलाउनुपर्ने प्रदीपका जेठा दाजु दीपेन्द्रले बताए। “कला र गला दुवै भएका प्रदीपलाई विदेश पठाउने रहर थिएन, साङ्गीतिक क्षेत्रमै भविष्य खोज्न आग्रह ग¥यौँ, परिवारको तर्फबाट गर्ने सहयोग पनि उपलब्ध गरायौँ, तर देशको अवस्था हेर्दा त्यो सम्भव भएन”, उनले भने, “कलाकारहरुको सम्मान तथा भविष्यप्रति नेपाल सरकार उदासिन देखिन्छ, भ्वाइस अफ नेपालमा ब्लाइण्ड अडिसन पार गरेका प्रतिस्पर्धीलाई आयोजकले ब्याटल तथा अन्य अडिसनमा विदेशबाटै प्रतिस्पर्धा गर्ने वातारण मिलाउनुपर्छ।”

पाँच सन्तानका बुबा राजकुमार राई र आमा भीमकुमारी राईका कान्छा छोरा प्रदीपले यसअघि आफ्नै स्वरमा ‘साप्सुको छाल…, रगतको नाता…’लगायत विभिन्न गीतसमेत रेकर्ड गराएर बजारमा ल्याइसकेका छन्। खार्मीका मध्यम वर्गीय परिवारमा जन्मिएर रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका प्रदीपले विदेशबाट फर्किएर पुनः गीत÷सङ्गीतकै क्षेत्रमा योगदान गर्ने बताए।

Previous Post

अध्यक्ष राई अस्पताल भर्ना, स्वास्थ्यमा क्रमिक सुधार आउँदै

Next Post

उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

Related Posts

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
Next Post
उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

Discussion about this post

Everest Highlights

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly