माघ १०,सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माले काठमाण्डौँबाट घुम्ती सेवा प्रवाह गरेको छ । वडा कार्यालयले आज माघ १० बौद्ध तिनचुलीमा अवस्थित एसियन अल्पाइन टे्रकको कार्यालयबाट उक्त सेवा प्रवाह गरेको हो ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ घर भर्ई हाल काठमाण्डौँ बसोबास गर्दै आएका वडाबासीहरुलाई लक्षित गर्दै सुरु गरिएको घुम्ती सेवाबाट एकैदिनमा २६ जना लाभान्वित भएको वडाध्यक्ष सोनाम ग्याल्जेन शर्पाले जानकारी दिनुभयो ।
सामान्य प्रशासनिक सेवा लिनकै लागि काठमाण्डौँदेखि हजारौँ खर्च गरेर वडा कार्यालयसम्म पुग्नुपर्ने नागरिकलाई घुम्ती सेवाले सहजता प्रदान गरेको वडाध्यक्षले बताउनु भयो ।
उक्त सेवा अन्तगर्त जन्म दर्ता ४,मृत्यु दर्ता ४, नाता प्रमाणीकरण ५ जना लगायत पञ्जिकरण सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गरिएको वडा सचिव रमेश कार्कीले जानकारी दिनुभयो ।
जाडो बढेसगैँ यात्रामा वडाबासीलाई असहज हुने भएकाले पनि यस समस्यालाई समाधान गर्न काठमान्डौ मै घुम्ती सेवा दिइएको अध्यक्ष शेर्पाको जोड छ । यस प्रकारको सेवा वडाबासीको आवश्यकताको आधारमा समय समयमा प्रवाह हुने वडा कार्यालयले जनाएको छ ।
यस्तै, घुम्ती सेवा लिने लाभग्राही मिङमार शेर्पाका अनुसार वडाले राजधानी बासीलाई अत्यन्तै सहज बनाएको र आफू बस्ने ठाउँबाट नजिकै वडाका सेवा पाउनु खुसी रहेको बताउनु भयो ।
अर्का सेवाग्राही टसी शेर्पाले पनि जाडोमा वडाकै कामको लागि सोलु धाइँरहुन पर्ने बाध्यता हटेकोमा वडालाई धन्यवाद व्यक्त गर्नु भयो ।
वडाध्यक्ष सोनाम ग्याल्जेन शर्पाले यो घुम्ती सेवा अत्यन्तै प्रभावकारी भएको हुनाले निरन्तर वार्षिक रुपमा २ पटक दिने बताउनु भयो । साथै
आवश्यकता परेको खण्डमा तत्काल सेवा पनि गर्न सकिने शेर्पाको भनाई छ ।
Discussion about this post