Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बराहपोखरी गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन मन्त्री राईबाट उद्‌घाटन 

Radio Everest by Radio Everest
January 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

खोटाङ, माघ ११ ।  खोटाङको वराहपोखरी गाउँपालिकाको प्रशासकीय भवन उद्‌घाटन गरिएको छ ।  कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यमामा गाउँपालिकाको प्रशासकीय भवन उद्‌घाटन गरिएको हो । देश संघियताको संरचनामा गएर ३ तहको सरकार स्थापित भएपछि गाउँ गाउँमा नागरिकलाई सेवा दिन प्रशासकीय भवन नहुँदा कठनाई भइरहेका बेला स्थानीय सरकारको ७ बर्ष पछि गाउँपालिकाले प्रशासकीय भवन पाएको छ ।  लामो समयको प्रयासपछि गाउँपालिकाको प्रशासकीय भवन बन्न सकेको भन्दै नागरिकमा खुसी छाएको छ ।  पालिका भवनको उद्‌घाटन गर्दै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले सरकारी निकायका भवनहरू पनि सङ्घीयता कार्यान्वयका एक पक्षहरू रहेको भन्दै भौतिक पूर्वाधारमा सम्पन्न भएपछि मात्र नागरिकका अन्य सेवा सुविधा विस्तारमा थप टेवा पुग्ने भन्दै उहाँले आफूले चुनावमा गरेका प्रतिबद्धता पूरा गरेर मात्र अर्को पटक चुनावमा होमीने प्रतिबद्धता गरेको स्मरण गर्नुभयो ।  उहाँले गाउँपालिकाको सिमानामा रहेको धाप्लाङघाटमा निर्माणाधीन पूल आफ्नो कार्यकालमा पुरा गरेरै छाड्ने पनि बताउनुभएको छट ।  उहाँले गाउँपालिका भित्रने वंशिलाघाटमा पनि पुल निर्माणका लागी पहल गरिरहेको भन्दै पुल बनाउँछु भन्दै चुनावमा भोट माग्न आउनेहरुका बाटो बन्द गरिदिने पनि प्रतिबद्धता गर्नुभयो ।

यता गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराले गाउँपालिकाले एउटा पाल टाँगेर सपथ लिएको इतिहास स्मरण गर्दै अहिले यत्रो भव्य भवन निर्माण गर्न सफल भएको भन्दै सफलताको अनुभूति भएको बताउनुभयो ।  उहाँले ७४ सालमा आफू निर्वाचीत भएर फेरी दोश्रो पटक निर्वाचित भइरहँदा देखी हाल सम्म अहिलेपनि गाउँपालिका अध्यक्ष भएको घमण्ड नगरेको जिकिर गर्नुभयो ।  उहाँले सुरुमा त्रिपाल टाँगेर साउनेमा सपथ लिएको इतिहास स्मरण गर्दैै सबै वडामा स्वास्थ्य चौकी, विद्यालय भवन, वडा कार्यालय बनाउने क्रमममा गाउँपालिका भवन ७ वर्ष पछि बन्न सm भएको पनि उल्लेख गर्नुभयो ।

यस्तै उद्‌घाटन कार्यक्रममा बोल्दै हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख मेयर विमला राईले कुनैबेला कर्णाली भनेर चिनिएको बराहपोखरी गाउँपालिका अहिले सुगम बन्दै गइरहेको भन्दै पालिकाका नागरिकहरूले गर्व गर्न सक्ने विषय बन्दै गएको बताउनुभयो ।  उहाँले भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईको पहलकदमीमा धाप्लाङघाट पूल बन्दै गरेको भन्दै छिट्टै त्यो सफलता पनि गाउँपालिकाले हात पार्न सक्ने बताउनुभयो ।  उहाँले खोटाङ जिल्लाभौतिक पूर्वाधारको हिसावले पछाडी परेको भएपनि पछिल्लो समय विकास निर्माणमा छलाङ मारिरहेको उल्लेख गर्नुभयो ।

यस्तै जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईले गाउँगाउँमा सिंहदरबार भएको अनुभूती बराहपोखरी गाउँपालिकाले गराएको भन्दै बधाई व्यक्त गर्नुभयो ।

उपाध्यक्ष खेम बहादुर खड्काले सम्पन्न भएर उद्‌घाटन भएको जिल्लाकै पहिलो भवन भएको जिकिर गर्नुभयो । उहाँले कुनैबेला कर्मचारीलाई दुख दिनुप¥यो भने बराहपोखरी पठाउनुपर्छ भन्ने भाष्य अहिले गाउँपालिकाले तोड्दै गरेको अवस्था प्रति गर्व गर्नुपर्ने बताउनुभउयो । उहाँले गाउँपालिकाले भवन निर्माण बाटै समृद्धिको यात्रा तय गरेको पनि उल्लेख गर्नुभयो  ।

गाउँपालिकाबको नवनिर्मित पालिका भवन ६ करोड १० लाखमा कौशिल बस्नेत निर्माण सेवा प्रालि काठमाण्डौले निर्माण गरेको हो ।  भवन  गाउँपालिकाको ५५ प्रतिशत र संघीय सरकारको ४५ प्रतिशत लगानीमा भवन तयार भएको हो। संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाईएको हो । ४२६.२ वर्ग मिटरमा बनेको चारतले भवनको भुईतला र पहिलो तलामा ६÷६ कोठा, दोश्रो तलामा ७ कोठा र तेश्रो(टप) तलामा सभाहलसहित तीन कोठा रहेको गाउँपालिकाका इन्जिनियर हिमाल कार्कीले बताए। कार्कीका अनुसार सबै तलामा महिला पुरुषको छुट्टा छुट्टै शौचालय छन्। आर्थिक वर्ष २०७७÷०७८ मा टेण्डर आव्हान भई २०७८ कार्तिक ७ गते गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भई काम सुरु गरिएको थियो

Previous Post

केपिलासगढीमा राष्ट्रपति रनिङशिल्ड शुरु, शिक्षाको सुधार प्रमुख प्राथमिक्ता –अध्यक्ष समिर राई

Next Post

नेपाली कांग्रेस प्रदेशसभा “क” सोलुको कार्यवाहक सभापतिको जिम्मेवारी तामाङलाई

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly