माघ ११, सोलुखुम्बु । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र न.“क” सोलुखुम्बुको कार्यवाहक सभापतिको जिम्मेवारी फुर्तिमान तामाङलाई दिइएको छ । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापति धनजन राई कार्य व्यस्तताका कारणले गर्दा पार्टीको कार्यमा उपस्थित नहुँदाको अवस्थामा जिम्मेवारी सम्हाल्नका लागि कार्यवाहक सभापतिको जिम्मेवारी तामाङलाई दिइएको छ ।
तामाङलाई नेपाली कागें्रसको विधान २०१७ (संसोधन सहित) को धारा १० (६) (झ) बमोजिम नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको सभापति धनजन राईले बताउनुभयो । उहाँलाई नेपाली कांग्रेसको मौजुदा, विधान, नियमावली र प्राप्त निर्देशनको अधिनमा रही कार्य गर्नु आग्रह गर्नुभएको छ ।
Discussion about this post