माघ १२, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ स्थित २१ तारा गुम्बाको छानो हावाहुरीले उडाएको छ । शुक्रबार दिउँसो १२ : ३० बजेको समयमा गुम्बाको ढुगां माटोको गाह्रो सिमेन्टको पिलर टिनको छानो भएको गुम्बाको छानो हावाहरीले उठाएको हो ।
उक्त खबर पाउन साथ इलाका प्रहरी कार्यालय थाम्बुचेबाट आज बिहान प्रहरीको टोली खटि गई उठाएको जस्तापाता व्यवस्थित गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post