माघ १२, सोलुखुम्बु । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ काभ्रेभञ्ज्याङमा गएराति आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। प्रहरीका अनुसार काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा शुक्रबार राति ९ः३० बजे विद्युत् ‘सट’ आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका का वृद्धाको मृत्यु भएको हो।
उद्योगका कामदार काठमाडौं शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया टीकादेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। घाइते तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
Discussion about this post