माघ १३, सोलुखुम्बु । सोलुखुम्बुको तिङ्लामा दिर्घ कुमारी कार्कीको अध्यक्षतामा नेपाल महिला संघ वडा कमिटी गठन गरिएको छ । आईतबार सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ मा कार्कीको अध्यक्षतामा १३ सदस्यी कमिटी गठन गरिएको हो । उपाध्यक्षमा मिना बस्नेत, सचिवमा अनिता खड्का, सह सचिवमा युनिसा भुजेल, कोषाध्यक्षमा पावर्ती कार्की चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा साबित्रा खड्का, विष्णु माया कार्की, कमला कार्की, गुना कुमारी मगर, रेनुका मगर, गोमा नेपाली, कल्पना ख्डका र सौमाया नेपाली रहनुभएको नेपाल महिला संघ नगर कमिटी अध्यक्ष मिथुला माया खड्काले जानकारी दिनुभयो । महिलाहरु चुलो चौकामा मात्र सिमित नभई एक सक्षम बाटोबाट हिड्नपर्ने उहाँको भनाई छ । महिलामाथि कुनै न कुनै प्रकारका विभेद कायमै रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अवसरमा महिलाको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न नसकेको उहाँले उल्लेख गर्नुभयो । यस्तै कमिटी गठनका क्रममा कृयाशिल सदस्यता वितरण तथाा नविकरण गरिएको जनाइएको छ ।
Discussion about this post