माघ १३, सोलुखुम्बु । ओखलढुगांको चिशंखुगढी गाउँपालिकामा कुकुर स्थायी बन्ध्याकरण शिविर सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत आईतबारबाट शिविर सुरु गरिएको हो ।
जुनोटिक रोग नियन्त्रण तथा वातावरण संरक्षणको लागि घरपालुवा तथा छाडा कुकुरहरुलाई विज्ञ सर्जन डाक्टर र प्राविधिकहरुबाट स्थायी बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ । शिविरको पहिलो दिन ९ वटा कुकुरको बन्ध्याकरण गरिएको सहकर्मी सोभित ढुगेंलले जानकारी दिनुभयो । उक्त शिविर माघ १५ गते सम्म जारी रहने भएको गाउँपालिकाले जनाएको छ ।
Discussion about this post