माघ १७, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –५ नाम्चेमा स्थित सिमा प्रशासन कार्यालयको छानो हावाहुरीले उडाएको छ । बिहिबार दिउँसो साढे १२ बजेको समयमा कार्यालयको सिमेन्ट, ढुगां, काठ र टिनको छानो भएको चार तले भवनको तेस्रो तलाको पश्चिम दक्षिण पट्टीको छानो हावाहुरीले उडाएको हो ।
इलाका प्रहरी कार्यालय नाम्चेबाट गएको प्रहरी टोलीले भत्किएको सामग्रीको व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post