जेठ ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा जिल्लाके पहिलो नमुना कार्यक्रम उपाध्यक्ष सँग विद्यार्थी सुरु भएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर ३ स्थित हिमाल दर्शन माध्यमिक विद्यालयको आयोजनामा आइतबार उपाध्यक्षसँग विद्यार्थी शैक्षिक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
असल संस्कारयुक्त गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ सुरु भएको उपाध्यक्ष सँग विद्यार्थी कार्यक्रममा उपाध्यक्ष बिना राई र विद्यार्थी विचको सवाल जफवमा सञ्चलन हुने छ । कार्यक्रम हिमाल दर्शन माविका विद्यार्थीले उपाध्यक्ष राईलाई विद्यालयमा खेल सामाग्रीको उचित व्यवस्थापन गर्न अनुरोध गरेका छन । वर्षायाम तथा छोटो दिन भएका महिनाहरुमा विद्यार्थीलाई विद्यालयमा आवतजावत हुने समस्या राख्दै विद्याथर््ीहरुले यातायात र आवासगृहको व्यवस्थापन गर्न पनि अनुरोध गरेको उपाध्यक्ष राईले बताउनुभयो ।
यस्तै विद्यालयमा स्थानीय उत्पादनलाई खाजाको रुपमा प्रयोग गर्न, एसइइ पछि डाक्टर, इन्जिनियर, पाइलट पढ्नका लागी सहयोग गर्न स्थानीय पाठ्यक्रम अन्तर्गतका पाठ्यपस्तक विद्यालयमा समयमै पु¥याउन विद्यार्थीहरुले अनुरोध गरेको उपाध्यक्ष राईले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी यो कार्यक्रम प्रभावकारी हुने भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रसाद बास्तोलाले नयाँ आर्थिक बर्षमा बजेट तथा निति निमार्णमा विद्यार्थीको गुनासो समेट्न गाउँपालिकाले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यो कार्यक्रमले विद्यार्थीलाई स्थानीय सरकार सँग नजिक बनाउनुका साथै विद्यालयको शैक्षिक अवस्थाबारे सम्बन्धीत सरकारलाई सहज तवरबाट नियाल्न पनि यो कार्यक्रम प्रभावकारी हुने अध्यक्ष बाँस्तोलाको भनाई छ ।
Discussion about this post