जेठ ८, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका १ सय ३३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । महाकुलुङ गाउँपालिका, कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसन नेपालको सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत आयोजित अपाङ्गता जाँच पहिचान तथा परिचयपत्र वितरण शिविर मार्फत १ सय ३३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।
गाउँपालिकामा गत जेठ २ गतेबाट सुरु भएको उक्त शिविर जेठ ६ गते सम्पन्न भएको थियो । शिविरमा वडा नम्बर १ का ३३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । यस्तै वडा नम्बर २ मा १३ जनालाई, वडा नम्बर ३ का २२ जनालाई, वडा नम्बर ४ का ४१ जनालाई र वडा नम्बर ५ का ३० जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । अपाङ्गता भएकाहरूको पुनर्स्थापना तथा रोकथामका लागी सुरु भएको कार्यक्रम अहिले देशभरका विभिन्न पालिकाहरूमा सञ्चालित छ ।
Discussion about this post