फागनु १, सोलुखुम्बु । नेपाली कांग्रेसका नेता तथा समाजसेवी प्रकाश सिंह कार्कीले विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गर्नुभएको छ । बिहिबार नेचासल्यान गाउँपालिका सल्यान स्थित बाल ज्योति आविका विद्यार्थीलाई ट्रयाक सुट वितरण गर्नुभएको हो । शैक्षिक गुणस्तर अभिवृद्धि होस भनेर हेतुले करिब १४ जना विद्यार्थीहरुलाई कपडा वितरण गरिएको उहाँको भनाई छ । सो अवसरमा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समाजसेवी कार्कीलाई विद्यालयले सम्मान गरेको छ ।
Discussion about this post