फागुन ३, सोलुखुम्बु । आज पाँच वटा प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेपनि बाँकी ठाउँको मौसम मुख्यतया सफा रहेको छ ।
मौसमविद् गोविन्द झाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज पनि तराईका केही ठाउँमा हुस्सु÷कुहिरो रहेको छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ ।
Discussion about this post