फागुन ०३, साेलुखुम्बु । पोखरा- पोखरा भ्रमण बर्ष २०२५ घोषणा गर्ने क्रममा बेलुन पड्किएको छ ।
बेलुन पड्किएर उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण बर्ष घोषणाको क्रममा बेलुन उडाने क्रममा दीप प्रज्वलन गरिएको पानस नजिकै भएपछि हाइड्रोजन भरिएको बेलुन पड्किएको हो ।
उपचारका लागि उनीहरूलाई पोखराको गैरापाटनमा रहेको फिस्टेल हस्पिटलमा लगिएको छ । पोखरा भ्रमण बर्षको कार्यक्रम भने चलिरहेको छ । उनीहरूको अवस्था थाहा हुन सकेको छैन।
Discussion about this post