फागुन ३, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ४ बाक्सिला र वडा नम्बर ६ दिप्सुङ जोड्ने रावाखोला माथी मोटरेवल पुल बन्ने भएको छ । स्थानीय पूर्वाधार विकास कार्यालय इटहरीले उक्त पुल निर्माणका लागी ठेक्का आह्वान गरिसकेको छ ।
पुल नुहँदा हिउँदयाममा खोलाबाटै सावरी साधन तार्नुपर्ने दिप्सुङका नागरिकको बाध्यता छ भने बर्खायाममा झोलुङ्गे पुलबाट २ चक्के सवारी साधनमात्रै वारिपारि गर्ने गरेका छन् । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत बन्ने उक्त पुल ७० मिटर हुने केपीलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले बताउनुभयो । रावाखोला पारी दिप्सुङका १ सय ८२ घर जनताको सहज आवतजावतका लागी मन्त्रालयको १७ करोड ४८ रुपैयाँ बजेटमा पुल निर्माण हुने अध्यक्ष राईको ।
स्थानीय पूर्वाधार विकास कार्यालय इटहरीबाट पुल निर्माणका लागी ठेक्का आह्वान भइसकेको भन्दै अध्यक्ष राईले आफ्नो कार्यकालकै महत्वपूर्ण योजनामा रुपमा रहेको पुललाई चाँडै सम्पन्न गर्नेगरी काम गरिने बताउनुभयो । यस्तै अध्यक्ष राईले कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट खार्तम्छा पाथेका सडक खण्डमा पनि पुल बन्ने गरि ८ करोड रुपैयाँ बजेट विनियोजन भएको बताउनुभयो ।
Discussion about this post