Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु जाने हरेक यात्रुले पालिकालाई  ५० रुपैयाँ बुझाउनु पर्ने ः सामान ढुवानीको शुल्क समेत उठाइने

Radio Everest by Radio Everest
February 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फाल्गुन ३, साेलुखुम्बु ।    सवारी साधन मार्फत पालिका प्रवेश गर्ने यात्रुबाट खुम्बुपासाङल्हमु गाउँपालिकाले सेवा शुल्क उठाउन थालेको छ । सडक मार्ग मार्फत पर्यटकीय क्षेत्र खुम्बु प्रवेश गर्ने यात्रुबाट प्रतिव्यक्ति रु ५० का दरले सेवा शुल्क र सामानको हकमा प्रति क्विन्टल १० रुपैयाँ उठाउन थालिएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित उक्त गाउँपालिकाको सडक मार्ग प्रवेशद्वार रहेको वडा नम्बर १ स्थित खरिखोलामा गाउँ प्रहरीको पोष्ट नै राखेर प्रति यात्रु ५० रुपैँयाका दरले पैसा उठाउन थालिएको हो । गत पौष २० गते बसेको पालिकाको हिउँदे सभा बाटै निर्णय गरेर यात्रुबाट शुल्क उठाउन शुरु गरिएको हो । पालिकाले सडक मर्मत सुधार शुल्क भन्दै यो रकम उठाउन थालेको हो ।

सार्वजनिक सूचना नै जारी गरेर गाउँ प्रहरी मार्फत यात्रुबाटै शुल्क उठाउन थालेको पालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले बताए । उनका अनुसार पालिकाले आर्थिक ऐन निर्माण गरेर नै यो रकम असुल्न थालेको हो । आर्थिक ऐन २०८१ को दफा १३ एवं अनुसूची १२ ब्यवस्था भए बमोजिम पालिका भित्र प्रवेश गरि सञ्चालन गर्ने सवारी साधनबाट प्रतियात्रु शुल्क र सामान ढुवानीको समेत पैसा उठान थालिएको प्रवक्ता शेर्पाले बताए । अब खुम्बु क्षेत्रको खरिखोला प्रवेश गर्नसाथ यात्रुले व्यक्तिगत रुपमा तथा यातायात व्यवसायीले एकमुष्ट रुपमा गाउँ प्रहरी पोष्टमा शुल्क बुझाउनु पर्नेछ ।

सडक मर्मत सम्भारलाई भन्दै यात्रुबाट सेवा शुल्क असुल्न थाले पछि स्थानीय सरकारको भने आलोचना शुरु भएको छ । सरकार भित्रै रहेका वडा अध्यक्ष र अन्य सरोकारवालाहरूले पालिकाको कदमको विरोध गरेका छन् । वडा नम्बर १ का अध्यक्ष फुनुरु शेर्पाले पालिकाले प्रति यात्रु नै पैसा असुल्ने निर्णय गरेर जनतालाई दुख दिने काम गरेको बताए । त्यस्तै कोशी प्रदेश सभा सदस्य गोम्बु शेर्पाले राज्यकै लगानीबाट बनेको सडकमा निजी कम्पनीले सडक बनाए जसरी यात्रु बाट शुल्क उठाउनु गलत भएको बताएका छन् ।  गाउँपालिकाले यस अघि खुम्बु क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकबाट पनि प्रतिव्यक्ति २ हजार रुपैयाँ पर्यटन शुल्क भनेर उठाउँदै आएको छ  । उक्त विषय अदालतसम्म पुगेको थियो ।

Previous Post

बाक्सिला दिप्सुङ सडक खण्ड अन्तर्गत रावाखोलाको भतरेमा ७० मिटर लामो मोटरेवलपुल बन्दै

Next Post

माध्यमिक शिक्षा सम्म छोराछोरी पढाउने अभिभावकलाई अध्यक्ष शेर्पाले गरे सम्मान

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly