फाल्गुन ३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मामा कक्षा १२ सम्म आफ्ना छोराछोरी अध्ययन गराउने अभिभावकलाई सम्मानित गरिएको छ । जिल्लामै पहिलोपटक गार्मामा आफ्ना छोराछोरीलाई माध्यमिक तहसम्मको शिक्षा पुरा गराउने अभिभावकलाई सम्मानित गरिएको हो । वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले आफ्नो सेवासुविधाबाट त्यसरी माध्यमिक शिक्षा सम्मको पढाई पुरा गराउने अभिभावकलाई सम्मानित गर्नुभएको हो ।
न्यून आर्थिक अवस्था भएर पनि बालबालिकाको पढाईलाई माध्यमिक तहसम्म पुरा गराउने अभिभावकहरूको प्रोत्साहनका लागी सम्मानपत्र, खादासहित पुरस्कृत गरिएको उहाँले बताउनुभयो । उहाँले शनिबार ६ जना अभिभावकलाई सम्मानित गरिएको बताउनुभयो । सम्मानित हुनेहरुमा विपना बस्नेत, कुल कुमारी खड्का, दिनेश खत्री, सोनीमाया भुजेल, ङीमा दावा तामाङ, कर्माछोटी लामा रहेका छन् । अध्यक्ष शेर्पाले आफ्नो सेवा सुविधाबाट न्यून आर्थिक अवस्था भएका घरपरिवारलाई नुन समेत उपलब्ध गराउँदै आउनुभएको छ ।
Discussion about this post