फागुन ३, सोलुखुम्बु । महाकुलुङका २ सामुदायिक वनको साधारणसभा सम्पन्न भएको छ । सोलुखुम्बुको महाकुलुङ गाउपालिका वडा नम्बर ४ र ५ का गोइलु सामुदायिक वन र रानीवन सामुदायिक वनको साधारण सभा सम्पन्न भएको हो । साधारणसभा कार्यक्रममा अन्य विविध सांस्कृतिक कार्यक्रम समेत भएको संवाददाता झलक राईले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रममा डबल ब्याडमिन्टन प्रतियोगिता, टोल स्तरीय युगल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । रूख रोपौँ बन जोगाऔँ भन्ने नारा सहित गरिएको साधारणसभाले सामुदायिक वनको नयाँ कार्य समिति समेत चयन गरेको छ । वडा नम्बर ४ की अध्यक्ष सरस्वती कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा गुदेल माः बिको प्राङ्गणमा सम्पन थियो ।
Discussion about this post