फागुन ४, सोलुखुम्बु । अध्यक्ष कप माप्य दुधकोशी गाउँपालिकाको प्रथम उपाधि पाइला पाइलाको आशा केरुङले उचालेको छ । गाउँपालिकाले कोर्कु रङ्गशालामा आयोजना गरेको प्रतियोगितामा पाइलापाईलाले पुरुषतर्फको प्रथम उपाधि जितेको हो भने महिला तर्फको प्रथम उपाधि माप्य दुधकोशी गाउँपालिका ७ ले उचालेको छ । यस्तै पुरुष तर्फको द्वितीय स्थान जयनेपाल संस्था सोताङले, तृतीय माप्य दुधकोशी गाउँपालिका ६ वाकुले र सान्त्वना माप्य दुधकोशी गाउँपालिका २ ले हात पारेका छन् ।
भने महिला तर्फको द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशः माप्य १ जुभिङ, माप्य ४ काँकु र महाकुलुङ ५ ले हात पारेका छन् । यता गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधि भने हिमालय मावि हाँकुलाले उचालेको छ । गत ३० गते बाट सुरु भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल प्रतियोगितामा २६ पदक जित्दै शिल्ड आफ्ना बनाएको हो । यस्तै उक्त माविले सर्वाधिक १३ स्वर्ण जित्दै शिल्ड आफ्नो बनाएको हो भने ४ रजत ९ कास्य पनि थपेको छ ।
यस्तै शिल्डको दोश्रो स्थान सर्वाधिक ४१ पदक जित्दै हिमालय मावि खास्तापले सुरक्षित बनाएको छ । उक्त माविले १० स्वर्ण, १६ रजत, १५ काश्य जितेको हो । यस्तै काँकु मावि भेडाचौर ३४ पदक जित्दै तेश्रो भएको छ । भने चौथो २८ पदक जित्दै बासाखाली मावि, सगरमाथा मावि वाकु २२ पदक जित्दै पाचौँ, ५१ पदक जित्दै जुभिङ मावि जुभिङ छैठौँ, २४ पदक जित्दै रामपुर मावि राप्छा सातौँ भएका छन् । गत १ गते नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेको प्रमुख आतिथ्यता एवं रक्षामन्त्री मानवीर राईको विषेश आतिथ्यतामा उद्घाटन भएको प्रतियोगिताको फाइनल शनिबार भएको हो ।
शनिबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा भएको फाइनलनमा अध्यक्ष राईले गाउँपालिकाले खेलकुद क्षेत्रलाई विकास गर्न ठुलो लगानी गरेकाले खेलाडीहरूले दत्तचित्त भएर खेलकुदलाई आफ्नो प्यासन बनाउन उत्प्रेरित हुन आग्रह गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरव राईले खेलकुदमा गाउँपालिकालाई चिनाउने जिम्मा खेलाडीहरूका हातमा रहेको र लगानी गर्ने काम गाउँपालिकाको भएको उल्लेख गर्नुभयो ।
Discussion about this post