फागुन ४, सोलुखुम्बु । झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका–७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा छन् ।
झापा भद्रपुर नगरपालिका–८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भ¥याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
‘शव आज बिहानको हो । प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको डिएसपी चन्दले बताउनुभयो । घटनाको थप अनुसन्धान अघि बढाएको छ।
Discussion about this post