माघ ४, सोलुखुम्बु । कोशि प्रदेश सभा सदस्य डोल्मा तामाङले अठार पुराणमध्यको पहिलो श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञको उदघाटन गर्नुभएको छ । सिहंदेवि सेवा समाज नेचासल्यान गाउँपालिका ३ बेसिगाउँकमा आयोजित पुराणको प्रदेश सभा सदस्य तामाङले उदघाटन गर्नुभएको हो ।
आईतबार सिहंदेवि सेवा समाजका अध्यक्ष निरकुमार शर्मा फुयालको अध्यक्षता, कोशि प्रदेश सभा सदस्य डोल्मा तामाङको प्रमुख आतिथ्यता तथा नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईको विशेष आतिथ्यतामा श्रीमद्भागवत महापुरारण ज्ञान महायज्ञको उदघाटन गरिएको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार महापुरारण ज्ञान महायज्ञको भक्तजन देविथान देखि उतर बाहिने घाट सोलुखोला सम्म कलश यात्रा गरि सोलुखोलाको जल लिइ करिब ३ घण्टा सम्म कलश यात्रा गरिएको छ ।
१८ बर्ष १८ पुराण कार्यक्रम उदघाटनमा बोल्दै प्रदेश सभा सदस्य तामाङले सिहंदेवि मन्दिरको प्राङगण तथ घेराबार निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राईले पालिकाबाट पठाइएका योजनाहरुलाई कार्यन्वयनमा ल्याउनका लागी प्रदेश सभा सदस्य तामाङलाई आग्रह गर्नुभएको छ । एक हप्ता चल्ने महापुरारणमा टंक ढुगानाको मुखार बिन्दुबाट कथा वाचन गरिने भएको छ ।
Discussion about this post