फागुन ५, सोलुखुम्बु । सोलुखुम्बुको एक घरमा आगलागी भएको छ । जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर २ चेपेल भन्ने स्थानमा भएको आगलागीबाट स्थानीय बलिराम राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । राईको घर भित्र बालेको चुल्होबाट सल्किएको आगोले घर सहित घरभित्र भएको सरसामान तथा लत्ताकपडा सबै जलाइदिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार गएराती ११ बजेतिर भएको आगलागीबाट राईको घरभित्र भएको लत्ताकपडा अन्नपात कुखुरा जलेको हो । आगलागी नियन्त्रण करिव २ घण्टा ३० मिनेट पछि अर्थात राती १ बजेर ३० मिनेटमा लिइएको थियो । साँडे २ घण्टा सम्म लागेको आगोले राईको घर पूर्ण रुपमा क्षति भएको छ । स्थानीयको मद्दतमा आगलागी नियन्त्रणमा लिइएको र आगलागीबाट अन्य मानवीय नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
माप्यमा बैशाख १२ गतेबाट एभरेष्ट भ्यू ट्रेल म्याथन प्रतियोगिता हुदैँ
चैत्र १, सोलखुुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिमा एभरेष्ट भ्यू ट्रेल म्याथन प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको पर्यटन प्रवद्र्धन...
Discussion about this post