फागनु ६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ४ निवसी ज्योति शर्माले केदार माविलाई संगीतका सामाग्री प्रदान गर्नुभएको छ । विद्यालयका पूर्व विद्यार्थी तथा समाजसेवी शर्माले १ लाख ६३ हजार रुपौयाँ बराबरको संगीतका सामाग्री प्रदान गरिएको हो । विद्यार्थीको सांगीतिक प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संगीत सामग्री वितरण गर्नुभएको विद्यालयका शिक्षक तथा सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिनुभयो ।
हार्मोनियम १ वटा, किबोर्ड १, गितार ५, मुरली ७, बाँसुरी १२, मादल ७, तबला १, २ वटा खैँजरी लगायत विभिन्न सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । उक्त सङ्गीतका सामग्रीहरु खरीद तथा संकलन गरी पूर्व विद्यार्थी, गायक, संगीतकार तथा संगीत प्रशिक्षक जसिहाङ राईले विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
समाजसेवी शर्माले विद्यालयको भौतिक, शैक्षिक तथा आर्थिक विकासका लागि आर्थिक वर्ष २०७१/०७२ मा १ लाख ५१ हजार रुपौयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । पूर्व विद्यार्थी शर्मा लगायत सङ्गीतका सामग्रीहरु खरीद तथा संकलन गर्ने सहयोगीहरुलाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ ।
Discussion about this post