फागुन ९, सोलुखुम्बु । भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि माउण्ट एभरेष्ट इङ्गलिस सेकेण्डरी स्कुलका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिने भएको छ । सोलुदुधकुण्ड नगरपालिका, जिल्ला अस्पताल फाप्लु, र स्वास्थ्य कार्यालय सोलुखुम्बुको संयुक्त आयोजनामा फागुन २१ गते स्वास्थ्य परिक्षण गरिने भएको हो ।
सोलुुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ स्थित उक्त स्कुलमा केहि दिनबाट शिक्षक तथा विद्यार्थीमा भाइरल ज्वरो देखिएसँगै तीन दिन स्कुल बन्द गरिएको माउण्ट एभरेष्ट इङ्गलिस सेकेण्डरी स्कुलका प्रिन्सिपल दिवस मुखियाले बताउनुभयो ।
स्कुलमा स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले सम्पूर्ण विद्यार्थी, अभिभावक, तथा शिक्षकलाई स्वास्थ्य जाँचका लागि उपस्थित हुन आग्रह गर्नुभएको छ ।
Discussion about this post