फागुन ९, सोलुखुम्बु । रीड नेपालद्धारा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा समावेशी शिक्षासम्बन्धी २ दिने नेतृत्व क्षमता विकास तालिम दिएइको छ । रीड नेपालको आयोजना तथा सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि विद्यालय सुशासन, व्यवस्थापन तथा समावेशी शिक्षासम्बन्धी दुई दिने नेतृत्व क्षमता विकास तालिम दिइएको हो ।
तालिममा सोलुदुधकुण्ड नगरपालिकामा रीड नेपालले कार्यक्रम संचालन गरिरहेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघ महिला सदस्यहरु गरी ३० जनाको उपस्थिति रहेको थियो । जनजागृति मावि सल्लेरीमा संचालित तालिममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार, समावेसी शिक्षाको महत्त्व, विद्यालय सुशासन, नेतृत्व, स्रोत व्यवस्थापन, विद्यालय सुरक्षा, कार्ययोजना निर्माण लगाएतका विषयवस्तु समेटिएको आयोजकले जनाएको छ ।
तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी, शिक्षा विकास अधिकृत सुजाता राई , अर्पण रेग्मी, तालिम अधिकृत वासुदेव वाग्लेले गर्नु भएको थियो । तालिम लिए पछी सहभागीहरुले आफुले धेरै कुरा सिकेको भन्दै रीड नेपाललाई धन्यवाद दिदै सिकेका कुराहरु विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Discussion about this post