फागुन ११, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । आईतबार गाउँपालिकाको अध्यक्ष समीर राईको सभाध्यक्षमा १६ औं गाउँसभा सम्पन्न भएको हो । गाउँपालिकाका अनुसार गाउँसभामा चालू आर्थिक बर्ष २०८१÷०८२ को माघ मसान्त सम्ममा सञ्चालित योजनाहरु तथा खर्चको समीक्षा गरेको जनाइएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको माघ मसान्तसम्म चालु तर्फ ३९% र पुँजीगत तर्फ २३% रकम खर्च गरेको छ ।
Discussion about this post