Monday, December 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महामारी तथा प्रकोपजन्य रोग विरुद्धको तयारीमा जुट्दै सोलुदूधकुण्ड

Radio Everest by Radio Everest
February 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, फागुन १४ गते । मौसम परिवर्तनसँगै पछिल्लो समय विभिन्न विद्यालय तथा गाउँबस्तीमा मौसमी भाइरल ज्वरो, रुघाखोकी जस्ता रोगहरुको समस्या देखिन थालेपछि सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राख्न महामारीजन्य तथा प्रकोपजन्य रोगहरुको बारेमा एक दिने अभिमुखीकरण गरेको छ ।
विभिन्न वडाका स्वास्थ्य संस्थाहरुबाट आएका स्वास्थ्यकर्मीहरुलाई जिल्ला अस्पताल फाप्लुका डा. श्रेया पंगेनी र वाङछु मेमोरियल अस्पताल टाप्टिङका डा.ग्याल्छेन गुरुङले महामारीजन्य रोगहरुको प्रकार, कारण तथा रोकथामका उपायहरुको बारेमा जानकारी गराउनुभएको छ ।

नगरपालिकाभरीका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रमका क्रममा महामारीजन्य तथा प्रकोपजन्य रोगहरुको सम्भावित जोखिम न्यूनिकरण तथा रोकथामका लागि नगरप्रमुखको संयोजकत्वमा पाँच सदस्सीय द्रुत प्रतिकार्य समिति र वाङछु मेमोरियल अस्पताल टाप्टिङका डा.ग्याल्छेन गुरुङको संयोजकत्वमा ११ सदस्सीय द्रुत प्रतिकार्य टोली गठन गरिएको सोलुदुधकुण्ड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास तामाङले जानकारी दिनुभयो ।

नगर प्रबक्ता फुर्वाग्याल्जेन शेर्पाले नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा सक्षम जनशक्ति पर्याप्त रहेकाले जनतालाई दिने स्वास्थ्य सेवामा कुनै कमी नहुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्यकर्मीहरुले आफ्नो दक्षता वृद्धि गर्दै स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उहाँले निर्देशन दिनुभयो ।

स्वास्थ्य सबै भन्दा संवेदनशील क्षेत्र भएकाले न्यूनतम मापदण्ड पूरा गर्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न लाग्नुपर्ने सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले बताउनुभयो । पानीका कारण पनि विभिन्न महामारीजन्य रोग लाग्ने भएकाले नगरपालिका पिउने पानीको परीक्षण गर्ने तयारीमा समेत लागेको उहाँले जानकारी दिनुभयो । हालसम्म दुई वटा वडाको पानी परीक्षण गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख रामनारायण साहले कुनै पनि स्वास्थ्य समस्यामा सहयोग तथा सहकार्य गर्न स्वास्थ्य कार्यालय तयार रहेको बताउनुभयो ।

यसै साता नगरपालिकाभित्रको एक विद्यालयमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि विद्यालय बन्द गरी सोलुदुधकुण्ड नगरपालिकाको अगुवाई तथा जिल्ला अस्पताल फाप्लु र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा विद्यालयमा भएको स्वास्थ्य शिविरबाट १७२ जना विद्यार्थी तथा अन्यको चेक जाँच गरिएको छ । मौसममा आएको परिवर्तनका कारण नगरपालिकाका अन्य विद्यालयमा समेत रुघाखोकी र ज्वरोका बिरामीहरु बढ्दै गएको बताइएको छ ।

Previous Post

जमरकट्टेलहरुको एकताका लागी नेचामा राष्ट्रिय सम्मेलन, तयारी पुरा

Next Post

जिम्बिर जोडेनी सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास जारी

Related Posts

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
0
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
0
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
0
काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

Discussion about this post

Everest Highlights

जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

December 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly