Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महामारी तथा प्रकोपजन्य रोग विरुद्धको तयारीमा जुट्दै सोलुदूधकुण्ड

Radio Everest by Radio Everest
February 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, फागुन १४ गते । मौसम परिवर्तनसँगै पछिल्लो समय विभिन्न विद्यालय तथा गाउँबस्तीमा मौसमी भाइरल ज्वरो, रुघाखोकी जस्ता रोगहरुको समस्या देखिन थालेपछि सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राख्न महामारीजन्य तथा प्रकोपजन्य रोगहरुको बारेमा एक दिने अभिमुखीकरण गरेको छ ।
विभिन्न वडाका स्वास्थ्य संस्थाहरुबाट आएका स्वास्थ्यकर्मीहरुलाई जिल्ला अस्पताल फाप्लुका डा. श्रेया पंगेनी र वाङछु मेमोरियल अस्पताल टाप्टिङका डा.ग्याल्छेन गुरुङले महामारीजन्य रोगहरुको प्रकार, कारण तथा रोकथामका उपायहरुको बारेमा जानकारी गराउनुभएको छ ।

नगरपालिकाभरीका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रमका क्रममा महामारीजन्य तथा प्रकोपजन्य रोगहरुको सम्भावित जोखिम न्यूनिकरण तथा रोकथामका लागि नगरप्रमुखको संयोजकत्वमा पाँच सदस्सीय द्रुत प्रतिकार्य समिति र वाङछु मेमोरियल अस्पताल टाप्टिङका डा.ग्याल्छेन गुरुङको संयोजकत्वमा ११ सदस्सीय द्रुत प्रतिकार्य टोली गठन गरिएको सोलुदुधकुण्ड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास तामाङले जानकारी दिनुभयो ।

नगर प्रबक्ता फुर्वाग्याल्जेन शेर्पाले नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा सक्षम जनशक्ति पर्याप्त रहेकाले जनतालाई दिने स्वास्थ्य सेवामा कुनै कमी नहुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्यकर्मीहरुले आफ्नो दक्षता वृद्धि गर्दै स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उहाँले निर्देशन दिनुभयो ।

स्वास्थ्य सबै भन्दा संवेदनशील क्षेत्र भएकाले न्यूनतम मापदण्ड पूरा गर्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न लाग्नुपर्ने सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले बताउनुभयो । पानीका कारण पनि विभिन्न महामारीजन्य रोग लाग्ने भएकाले नगरपालिका पिउने पानीको परीक्षण गर्ने तयारीमा समेत लागेको उहाँले जानकारी दिनुभयो । हालसम्म दुई वटा वडाको पानी परीक्षण गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख रामनारायण साहले कुनै पनि स्वास्थ्य समस्यामा सहयोग तथा सहकार्य गर्न स्वास्थ्य कार्यालय तयार रहेको बताउनुभयो ।

यसै साता नगरपालिकाभित्रको एक विद्यालयमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि विद्यालय बन्द गरी सोलुदुधकुण्ड नगरपालिकाको अगुवाई तथा जिल्ला अस्पताल फाप्लु र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा विद्यालयमा भएको स्वास्थ्य शिविरबाट १७२ जना विद्यार्थी तथा अन्यको चेक जाँच गरिएको छ । मौसममा आएको परिवर्तनका कारण नगरपालिकाका अन्य विद्यालयमा समेत रुघाखोकी र ज्वरोका बिरामीहरु बढ्दै गएको बताइएको छ ।

Previous Post

जमरकट्टेलहरुको एकताका लागी नेचामा राष्ट्रिय सम्मेलन, तयारी पुरा

Next Post

जिम्बिर जोडेनी सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास जारी

Related Posts

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
0
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
Next Post
जिम्बिर जोडेनी सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास जारी

जिम्बिर जोडेनी सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास जारी

Discussion about this post

Everest Highlights

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly