फागुन १६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा प्रहरीको रगतले एक बृद्धाको ज्यान जोगिएको छ । अस्थाई प्रहरी पोष्ट दोर्पु सोलुखुम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार धिराज राईले बृद्धा महिलालाई रक्तदान गर्नुभएको हो । बिहिबार जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ का ८१ बर्षकी कृष्ण माया कार्कीलाई रगत आवश्यक भएकाले राईले रक्तदान गर्नुभएको हो । कार्की बिरामी भई जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेकोमा “ओ” पोजेटिभ रगत आवश्यक भएको तत्कालै रगत उपलब्ध गराईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post