फागुन १६, सोलुखुम्बु । ओखलढुगांको मोलुङ गाउँपालिका वडा नम्बर ४ हर्कपुरमा स्थलगत कृषि तथा पशुपंक्षी तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा संचालित एक दिने तालिम शुक्रबार वडा अध्यक्ष भोला राज राईको अध्यक्षतामा सम्पन्न भएको हो ।
एक बर्ष भित्र कार्य योजना तयारी गरि व्यवसायी बन्नका साथै व्यवसायिक कृषि र पशुपालन सम्बन्धी ज्ञान अभिवृद्वि गर्नुपर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको वडा सचिव शान्तिलाल सापकोटाले जानकारी दिनुभयो ।
३७ जना कृषिकहरुको सहभागीता रहेको तालिमको कृषि प्राविधिकद्धय शान्तिलाल सापकोटा, विजय धमला र पशु प्राविधिक राम प्रसाद ढकालले सहजिकरण गर्नुभएको थियो ।
Discussion about this post