फागुन १७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ स्थित जिम्बिर जोडेनी सामुदायिक वनमा लागेको डढेलो तीन दिन पछि नियन्त्रणा आएको छ । गत फागुन १४ गते जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्तालेबाट सल्किएको डढेलो तीन पछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
डढेलो नियन्त्रणमा ल्याउनका लागि प्रहरी चौकी केरुङ (पत्ताले), जिल्ला प्रहरी कार्यालयका, शसस्त्र प्रहरी बल सल्लेरी, नेपाली सेना र सोलु दुधकुण्ड नगरपालिकाबाट नगर प्रहरी सहितको दमकल पुगि संयुक्त रुपमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post