फागुन १८, सोलुखुम्बु । सोलुखुम्बुमा हावाहुरीले घरको छाना उडाइदिएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका एक स्थानीयको घरको छानो हावाले उडाएको हो । जिल्ला प्रहरी कार्यालय सोलु्खुम्बुका अनुसार गएराती १० बजेतीर तिङ्लाको बेलीडाँडाका विनु मगरको घरको छानो हावाले उडाएको हो । मगरको टिनको काठे घरको माथि लगाइएको टिको छानो हावाले उडाइदिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरेले बताउनुभयो । शनिबार चलेको ठुलो हावाहुरीले विभिन्न स्थानमा घरको छाना उडाउनका साथै विद्युत आपूर्तिमा समेत समस्या निम्त्याएको छ ।
माप्यमा बैशाख १२ गतेबाट एभरेष्ट भ्यू ट्रेल म्याथन प्रतियोगिता हुदैँ
चैत्र १, सोलखुुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिमा एभरेष्ट भ्यू ट्रेल म्याथन प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको पर्यटन प्रवद्र्धन...
Discussion about this post