फागुन १८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा रुद्रबहादुर खत्रीको घरमा आगो लागेको छ। दिउँसो करिब १ बजे लागेको आगो तीन घण्टापछि करिब ४ बजे नियन्त्रणमा आएको गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिनुभयो । आगलागीका कारण भवन पूर्णरूपमा क्षति भएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
भवनको माथिल्लो तलामा आगो लागेको थियो । विद्युत् सर्ट भएर आगलागी भएको थियो । स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । उक्त भवन गाउँपालिकाले भाडामा लिएको छ । खत्रीको घरमा लिखुपिके गाउँपालिकाका प्रधानमन्त्री रोजगार शाखा‚ नापी शाखा र जिन्सी शाखा रहेका छन् । क्षतिको विवरण आउन बाकीँ रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post