Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित पक्की पुल निर्माण तीव्र गतिमा

Radio Everest by Radio Everest
March 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २२, साेलुखुम्बु ।  सुनकाशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित पक्की पुल निर्माण तीव्र गतिमा अगाडि बढेको छ । यसअघि कोशीमा आएको बाढीको कटानबाट खोटाङपट्टिको पिल्लर बाङ्गिएपछि पुल निर्माणको काम अन्योलग्रस्त भएको थियो । खोटाङबाट निर्वाचित प्रदेश सभा सदस्य एवं वर्तमान कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई तथा उदयपुर–१ का सङ्घीय सांसद डा. नारायण खड्काको निरन्तर प्रयासपछि निर्माण कम्पनीले पुल निर्माणको कामलाई अगाडि बढाएको हो ।

यो पुलले खोटाङको वराहा पोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्छ । ल पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौँका ठेकेदारको गैरजिम्मेवारीका कारण पाँच वर्ष पहिले नै अर्थात् २०७६ असार मसान्तमा निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने उक्त पुल हालसम्म पनि बन्न सकेको छैन । सो निर्माण कम्पनीले २२ करोड २५ लाख रुपियाँमा सम्झौता भएको मितिदेखि ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानसँग २०७३ असार ३० गते सम्झौता गरेको हो ।

दुवैपट्टि फुटपाथसहित १० मिटर चौडाइ र ४० मिटर लम्बाइका पाँच वटा स्पानसहित दुई सय मिटर लम्बाइ रहेको र जगको किसिम ओपेन वेल फाउन्डेसन भएकोमा निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौँले काम गर्न नसकेपछि पछिल्लो समय रसुवा निर्माण कम्पनी एक्लैले पाइलिङ फाउन्डेसनको डिजाइन परिवर्तन गरेर निर्माणको काम गर्दै आएको कम्पनीका प्रतिनिधि रमेशकुमार न्यौपानेले बताउनुभयो । अहिले कोशीको भित्री भागमा निर्माण हुने पिल्लरको २० मिटर गहिराइको पाइलिङ गर्ने काम सम्पन्न गरिएको र अब पाइलिङ क्याप निर्माणका व्रmममा कोशीको पानीले बाधा गरेको र नियमित रूपमा काममा निकै नै सकस परेकाले भारतबाट ८० लाख रुपियाँ मूल्यको एक सेट सिटपायल ल्याएर निर्माण कार्यलाई निरन्तरता दिइएको कम्पनी प्रतिनिधि न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार आउँदो जेठभित्रमा पिल्लर निर्माणको काम सम्पन्न गरी दुई वटा स्ल्याबसमेत लगाउने गरी दु्रत गतिमा काम अगाडि बढाउँदै लगिएको छ । तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते शिलान्यास गर्नुभएपछि सुरु गरिएको सो पुल २०७६ सालमा निर्माण सम्पन्न हुने गरी सम्झौता भएको हो । पुलको निर्माण रोकिएपछि सम्बन्धित कार्यालयले निर्माण कम्पनीलाई कालो सूचीमा राखेर आवश्यक कारबाही अगाडि बढाउने तयारी गरेको थियो । पुनः २०८० फागुन २८ देखि डिजाइन परिवर्तन गरेर ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ ।

Previous Post

सोलुखुम्बुबाट एसइईमा सहभागी हुने कुन केन्द्रमा कति विद्यार्थी छन ? हेर्नुहोस् समाचारमा …..

Next Post

अब ६०० मा एक किलो खसीको मासु, अन्य मासु यति सस्ताे छन्

Related Posts

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
0
Next Post
अब ६०० मा एक किलो खसीको मासु, अन्य मासु यति सस्ताे छन्

अब ६०० मा एक किलो खसीको मासु, अन्य मासु यति सस्ताे छन्

Discussion about this post

Everest Highlights

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly