फागुन २२, साेलुखुम्बु । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ ले दैनिक उपभोग्य वस्तुहरूको नयाँ मूल्य दर तोकेको छ।
वडाले खसीको मासु ६०० रुपियाँ, बङ्गुर र सुँगुरको मासु ४०० रुपियाँ, राँगाको मासु ३०० रुपियाँ र बाख्राको मासु ५०० रुपियाँ तोकेको छ। धान २५० रुपियाँ, मकै ३०० रुपियाँ, कोदो र गहुँ ३०० रुपियाँ र आलुको बिउँ ३०० रुपियाँ तोकिएको छ।
घरेलु मदिरा जाँड रक्सीको मूल्य १५० रुपियाँ, तोङ्वा १२५ रुपियाँ र निघार १०० रुपियाँ तोकिएको छ। पुरुष कामदारको पारिश्रमिक ५०० रुपियाँ र महिला कामदारको ४०० रुपियाँ तोकिएको छ।वडाध्यक्षका अनुसार यसले उपभोग्य वस्तु र कामदारको पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य राखेको छ।
Discussion about this post