फागुन २२, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा दुई सय बढी नागरिकको आँखा परीक्षण गर्दा १९ जनामा मोतिबिन्दु देखिएको छ । जिल्ला सामूदायिक आँखा केन्द्र फाप्लु, तिलगंगा प्रतिष्ठान र अन्पधोन उपचार परियोजनाको आयोजनामा संचालित शिविरमा २ सय ३६ जनाको चेकजाँच गर्दा १९ जनामा मोतियाबिन्दु देखिएको हो ।
पालिकाको पावै स्वास्थ्य चौकीमा भएको शिवि बाट ६ जना र सोताङ अस्पतालमा सञ्चालन भएको शिविर बाट १३ जना गरी जम्मा १९ जना मोतिबिन्दुका नागरिक छनोट भएको स्वास्थ्य शाखा संयोजक हरिधनि राईले बताउनुभयो ।
उक्त शिविरमा छनोट भएका मोतिबिन्दुको यही चैत ७ र ८ गते तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विषेशज्ञ द्वारा जिल्ला सामूदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुमा शल्याक्रिया गरिने सोताङबाट सहकर्मी मनोज तामाङले जानकारी दिनुभयो ।
Discussion about this post