फागुन २३, सोलुखुम्बु । समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न भएको हो । रीड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेलको अध्यक्षता एवं गाउँपालिका प्रमुख बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले पालिकाको शैक्षिक विकासमा रीड नेपालको योगदान अतुलनीय रहेको बताउनु भयो आजको आवश्यकता व्यावहारिक शिक्षा रहेको भन्दै रीडसंग मिलेर व्यावहारिक शिक्षालाई जोड दिएर कार्यक्रम अगाडि बढाउने बताउनु भयो । साथै पालिकाको बालसंरक्षण नीतिलाई छिट्टै पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले कार्यशालाको मुख्य उद्देश्य समावेशी शिक्षा, अपाङ्गता र बालसुरक्षाको विषयलाई नीति निर्माण तहमा र व्यवहारमा लागु गराराएर शैक्षिक गुणस्तरलाई सुनिश्चित गर्ने रहेको बताउनु भएको थियो । सहभागीलाई सक्रियताको लागि धन्यवाद दिँदै सिकेका कुरा आ–आफ्नो क्षेत्रमा व्यवहारमा उतार्न आग्रह गर्नु भयो । सहभागीको तर्फबाट बोल्दै हिमालय मावि का प्रअ देवी कुमारीले कार्यशालाबाट निकै महत्वपूर्ण सिकाइ भएको भन्दै कार्यन्वयनमा जोड दिने बताउँदै आयोजकलाई धन्यवाद दिनु भयो ।
रीड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेलले पालिकासँगै मिलेर आगामी कार्यक्रम तय गर्ने बताउनु भयो । कार्यक्रमा पालिका अध्यक्ष उपाध्यक्ष गौरब राई , पालिकाका वडा अध्यक्ष शाखा प्रमुख प्रअ गरी २५ जनाको उपस्थिति रहेको थियो कार्यक्रमको सहजीकरण अपाङ्गता विज्ञ रामलाल धामी, नेपाल सरकारका पुर्व उपसचिब गोकर्ण शर्मा लगायत रीड नेपालका प्रशिक्षकले गर्नु भएको थियो ।
Discussion about this post