फागुन २३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा संचालित नि : शुल्क आँखा शिविरबाट ३ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् । बिहिबार स्वास्थ्य चौकी वाकुमा संचालित एक दिने शिविरबाट ३ जना मोतियाबिन्दुका बिरामी भेटिएका हुन् ।
जिल्ला सामूदायिक आँखा केन्द्र फाप्लु, तिलगंगा प्रतिष्ठान र माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा संचालन गरिएको शिविरमा ६८ जना महिला र ४४ जना जना पुरुष गरी कुल ११२ जना नागरिकले आँखाको चेकजाँच गराएको सहकर्मी देवी प्रसाद घिमिरेले जानकारी दिनुभयाो ।
उक्त शिविरमा चेकजाँच पछि १६ जनालाई चस्मा वितरण गरिएको छ, भने छनोट भएका मोतियाबिन्दुका बिरामीको आउँदो चैत्र ७ र ८ गते तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विषेशज्ञहरुबाट जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा शल्याक्रिया गरिने भएको छ ।
Discussion about this post