फागुन २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ खोरियामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज दिउँसो करिब १ बजेको समयमा चुलोबाट सल्किएको आगोबाट निमा शेर्पाको घर जलेर नष्ट भएको हो । उक्त घर शेर्पाले घर भाँडामा सोम ल्हामु तामाङलाई दिएका थिए । आगलागीबाट शेर्पाको घर पूर्ण रुपमा जलेर नष्ट भएको र आगो नियन्त्रणमा लिइसकिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगर प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
Discussion about this post