फागुन २५, सोलुखुम्बु । सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग विभिन्न शिर्षकमा बजेको माग गर्नुभएको छ । अध्यक्ष बस्नेतले राष्ट्रिय योजना आयोगद्वारा कोशी प्रदेश बिराटनगरमा आयोजित स्थानिय सरकारका प्रमुखसँग २ दिने अन्तरकृया कार्यक्रममा सडक स्तरउन्नति देखि अस्पतालमा अपुग उपकरण खरिदका लागि बजेट विनियोजन गर्न माग गर्नुभएको छ ।
जस्मा थुलुङ दिप्लिघाट, सोताङ बाटो स्तर उन्नती तथा कालो पत्रे, सोताङ प्राथमिक अस्पताललाई थप उपकारण खरिद गर्न बजेट माग गर्नुभएको छ, भने लोखिम हुँदै खोटाङ जोड्ने सडकमा पर्ने हुँगा खोलामा बेलिबृजको लगायत खानेपानी र पर्यटन पुर्वाधारका लागी बजेट व्यवस्थापन गर्न माग गर्नुभएको छ ।
यस्तै यस चालु आर्थिक बर्षमा नेले देउसा सोताङ महाकुलुङ सडक स्तर उन्नतिका लागी विनियोजित ४ करोड बजेट बहुबर्षिय आयोजना स्विकृत गरी कालोपत्रे गर्नका लागी निर्णय लिईदिन आग्रह गर्नुभएको छ । साथै दिप्लिघाट देखी सोताङ महकुलुङ १ खण्ड र नेले देउसा दिप्लिघाट अर्को खण्ड हुने गरी तत्काल ठेक्का प्रकृयामा लाने निर्णय लिईदिन माग गर्नु भएको छ ।
अध्यक्ष बस्नेतले माग गर्नुभएको बिषयमा मुख्य मन्त्री कार्कीले प्रदेश भौतिक मन्त्री र मुख्य प्रदेश सचिव सँग छलफल गरी प्रकृया अगाडी बढाउने विश्वास दिलाउनु भएको छ ।
Discussion about this post