फागुन २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ मा पशुहरुलाई खोप सञ्चालन गर्ने भएको छ । वडाको पशु सेवा शाखाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पिपिआर, एफएमडी र स्वाईन फिवर रोग विरुद्धको खोप कार्यक्रम संचालन गर्ने भएको हो ।
खोप कार्यक्रम यहीँ फागुन २५ गते थापा टोलमा, २६ गते सेर्गामा, २७ गते वागममा, २८ गते रोशीमा, २९ गते कुनिखोपमा, चैत्र २ गते ज्याङदिङ र जैदुमा र ३ गते सल्लेरी बजार क्षेत्रमा कार्यक्रम संचालन गरिएको भएको वडा अध्यक्ष मिङमार तामाङले जानकारी दिनुभयो ।
Discussion about this post