फागुन २६, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाका २ सय ८० जना नागरिकले निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको आयोजनामा आईतबार सञ्चालन गरिएको एक दिने शिविरबाट उक्त संख्याका नागरिकहरुले सेवा लिएका हुन् ।
सोताङ अस्पताल सोताङमा संचालित शिविर जेष्ठ नागरिकदेखि बालबालिकासम्मले जाँच तथा परामर्श सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुका सूचना अधिकारी केशव ढुंगानाले जानकारी दिनुभयोे । शिविरमा वाथ, स्त्रीरोग, बालरोग, श्वासप्रश्वासलगायत रोगको जाँच गरिएको थियो । शिबिरमा बिशेषज्ञ राम सरोज शाह, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुका प्रमुख अमिन्द्र कुमार पण्डित लगायत १० जना कर्मचारीहरुले बिरामीको जाँचसँगै परामर्श र औषधि दिनुभएको थियो ।
गाउँमै आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीय खुशी भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ग्रामीण क्षेत्रमा आफ्नो स्वास्थ्य सेवाको पहुँच बिस्तार गरिरहेको जनाएको छ ।
Discussion about this post