फागुन २६, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । आज (सोमबार) एक सूचना जारी गर्दै प्रशासनले होली पर्व मर्यादित र अनुशासित रूपमा मनाउन अनुरोध गरेको हो । कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुन अनुसार कारबाही हुने प्रशासन चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जारी गरेको सूचनामा होली मनाउने बाहनामा कसैको इच्छा विपरित जवरजस्ती रङ दल्ने, बाटो छेक्ने, लोला हान्ने, पानी तथा फोहोरा छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने जस्ता अमर्यादित, गै¥हकानूनी र उच्छ्रृंखल किसिमका कुनै पनि गतिविधि नगर्न र नगराउन भनिएको छ ।
प्रशासनले मर्यादित र सभ्य ढंगले मनाएर होलीरफागुको धार्मिक एवं साँस्कृतिक महत्व सिद्ध गर्न अनुरोध गरेको छ । यस वर्ष पहाडी जिल्लामा फागुन २९ र तराईका जिल्लामा चैत १ गते होली र फागु मनाइदै छ ।
Discussion about this post