फागुन २८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा एकल तथा विपन्न महिलाहरुका लागि कपडाको झोला सिलाई कटाई सम्बन्धि तालिम सुरु गरिएको छ । सोलुदुधकुण्ड नगरपालिकाको सहकार्य तथा मानव अधिकारको लागि महिला एकल, महिला संस्था सोलुखुम्बुको आयोजनामा बुधबारबाट एक महिने सिपमूलक तालिम सुरु भएको हो ।
मानव अधिकारको लागि महिला एकल, महिला संस्था सोलुखुम्बुका अध्यक्ष सूर्य कुमारी सुनुवारको अध्यक्षता, सोलुदुधकुण्ड नगरपालिकाका योजना शाखा प्रमुख रामकुमार खड्काको प्रमुख आतिथ्यता तथा मानव अधिकारको लागि महिला एकल, महिला समुह कोशि प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपा आर्चायको बिशेष आतिथ्यतामा तालिम सुरु भएको बताइएको छ ।
उदघाटन कार्यक्रममा बोल्दै मानव अधिकारको लागि महिला एकल, महिला संस्था सोलुखुम्बुका अध्यक्ष सूर्य कुमारी सुनुवारले सहभागिलाई राम्ररी तालिम लिन आग्रह गर्दै यसलाई जिवन परिवर्तनको माध्याम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहज जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गर्नुभयो ।
यस्तै सोलुदुधकुण्ड नगरपालिकाका योजना शाखा प्रमुख रामकुमार खड्काले ईच्छाशक्तिका साथ तालिम लिन महिलाहरुलाई आग्रह गर्नुभएको छ । साथै महिलालाई आत्मनिर्भर तथा महिला शसक्तिकरण गर्न चेतनाको विकास गराउँदै व्यापक रुपमा तालिमको आवश्यकता रहेको उहाँले औल्याउनुभयो । उहाँले महिलाको हक हितका लागि सोलुदुधकुण्ड नगरपालिका सधै तयार रहेको स्पष्ट पार्नुभयो ।
यता मानव अधिकारको लागि महिला एकल, महिला समुह कोशि प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपा आर्चायले सिलाई कटाई तालिम लिएर त्यसलाई व्यवसायीक रुपमा अंगालेमा छोटो समयमै आर्थिक समस्या समाधान हुने बताउनुभयो । उहाँले आयआर्जन हुने यस्ता तालिमले धेरैको जिवनस्तरमा परिवर्तन ल्याएको औल्याउनुभयो ।
Discussion about this post