फागुन २९, सोलुखुम्बु । कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लामा बिहीबार शान्तिपूर्ण रूपमा होली मनाइएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार होली मनाउने क्रममा कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रूपमा होली मनाइएको हो ।
हिमाली एवम् पहाडी जिल्लामध्ये ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा बिहीबार होली मनाइएको प्रहरीले जनाएको छ । यद्यपि, उदयपुरका केही स्थानमा तराईमा मनाउने दिन होली खेल्ने चलन छ । होलीमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका केही सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डीआईजी अधिकारीका अनुसार विभिन्न स्थानबाट दुई पाङ्ग्रे १० वटा, चार पाङ्ग्रे २ वटा तथा ३ पाङ्ग्रे एउटा सवारीसाधन नियन्त्रणमा लिएर प्रहरीले ‘होल्ड’ गरेको छ । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाही गरेर छाड्ने प्रहरीको तयारी छ ।
यसैबीच, शुक्रबार तराईमा होली मनाइँदै छ । हिमाली तथा पहाडी जिल्लामा होली मनाएको भोलिपल्ट तराईमा एकआपसमा रमाइलो गर्दै हर्षोल्लासपूर्ण मनाउने प्रचलन छ ।
Discussion about this post