चैत्र ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा व्यवसायीहरुलाई करदाता शिक्षा प्रदान गरिएको छ । उद्योग वाणिज्य संघ सोलुखुम्बुको आयोजनामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम प्रदान गरिएको हो । आइतबार उद्योग वाणिज्य संघ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय लाहानका प्रमुख भिम काफ्लेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरिएको उद्योग वाणिज्य संघ सोलुखुम्बु सचिव जिवन नाथ बास्तोलाले बताउनुभयो ।
तालिममा सहभागिहरुलाई आगामी दिनमा कर सम्बन्धि कारोबार गर्न सहज हुने विश्वास लिइएको छ । विशेष गरेर कर तिर्दा हुने फाइदा तथा बेफाइदाका बारेमा प्रशिक्षण गराइएको थियो । सामान बिक्री गरेसके पछि अनिवार्य रुपमा ग्राहकलाई प्यान बिल दिनु पर्ने लगायतका कुराहरु कार्यक्रममा सिकाइएको छ ।
तालिम लिएपश्चात सहभागीहरुले प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । तालिममा ६४ जना करदाताहरुले सहभागीता जनाएको तालिममा उद्योग वाणिज्य संघका उपाध्यक्ष भानुभक्त उपाध्याय, घरेलुु उद्योग कार्यालयका प्रमुख नारायण खतिवडा, उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरु, करदाता सेवा कार्यालय ओखलढुंगाका कर्मचारी लगायतको उपस्थित रहेको थियो ।
Discussion about this post